दफा २०
धरौटी दाखिला गराउने वा दस्तुर लिने अधिकार

(१) कसैलाई कुनै कामको निमित्त सार्वजनिक सडक वा सडक सीमा खन्नु वा भत्काउनु परेमा सडक विभागको स्वीकृति लिनु पर्नेछ र त्यसरी स्वीकृतिको लागि माँग गरेमा सडक विभागले आवश्यक जाँचबु ́ गरी त्यसरी खनिनेवा भत्काउने सार्वजनिक सडक वा सडकसीमालाई मरमत गरी पूर्वानुरूपमा कायम गर्न लाग्ने खर्चकोरकम धरौटी लिई स्वीकृति प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सार्वजनिक सडक वा सडक सीमा खन्ने स्वीकृति दिंदा त्यसरी सडक वा सडक सीमा खन्दा अपनाउनु पर्ने तरीका वा जुन कामको लागि खनिएको हो सो समाप्त नभएसम्म पालन गर्नु पर्ने अन्य शर्तहरू सडक विभागले तोक्न सक्नेछ र त्यस्तो शर्तहरू पालन गर्नेछु भनी स्वीकृतिको माँग गर्ने व्यक्तिबाट कबुलियत गराउनु आवश्यक देखेमा सडक विभागले सो समेत गराई लिन सक्नेछ ।